२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजारमा सुधार



अ+ अ-

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । सोमबार सेयर बजारमा २ दशमलव ७९ अंकको सुधार देखिएको हो ।

यसअघि आइतबार सेयर बजारमा दोहारो अंकको गिरावट देखिएको थियो । सेयर बजार २ दशमलव ७९ अंकले बढ्दा नेप्सेपरिसूचक १ हजार १ सय ६४ दशमलव ८९ मा पुगेको छ ।

परिसूचकमा सुधार देखिए पनि आइतबारको तुलनामा सोमबार कारोबार रकममा भने गिरावट आएको छ । दिनभर भएका ४ हजार ५ सय ८२ कारोबारबाट१ सय ६५ कम्पनीका ८ लाख ७१ हजार ८२८ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २२ करोड ४३ लाख १६ हजार रुपैयाँमा पुगेको छ । आइतबारको तुलनामा कारोबार रकम ११ करोड ६० लाख रुपैयाँ कम हो । यसअघि आइतबार ३४ करोड ३ लाख ७१ हजार रुपैयाँको कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा सिभिल बैंक (संस्थापक सेयर) अग्रस्थानमा देखिएको छ । आइतबार यस बैंकको १ करोड ९५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।