२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाले इँटा उद्योगमा क्षति



अ+ अ-

काठमाडौँ । मुलुकभर शुरु भएको हिउँदे वर्षाका कारण इँटा उद्योगमा करोडौँ रुपैयाँको क्षति पुगेको छ ।

पोल्ने तयारीका लागि बनाइएका लाखौँ काँचो इँटामा वर्षाले क्षति पुर्याउँदा ठूलो नोक्सान भएको नेपाल इँटा उद्योग महासङ्घले जनाएको छ । मुलुकभर हाल एक हजार बढी ‘फिक्स चिम्नी’ भएका इँटा उद्योग छन् ।

एक साताको अवधिमा वर्षाले आधाजति उद्योगका काँचो इँटामा क्षति पुगेको महासङ्घका वरिष्ठ उपाध्यक्ष शङ्कर चन्दले जानकारी दिनुभयो । वर्षाले मुलुकभरका इँटा उद्योगमा भएको क्षतिका बारेमा भने महासङ्घसँग यकिन तथ्याङ्क छैन । यद्यपि वर्षाले पूर्वको तुलनामा पश्चिम क्षेत्रका उद्योगमा बढी क्षति पु¥याएको उहाँले बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष चन्दका अनुुसार वर्षाले एउटै उद्योगका १५ लाखभन्दा बढी काँचो इँटामा क्षति पुगेको छ । मौसमभरि पोल्नका लागि काँचो इँटा बनाउने हाल सबैभन्दा उत्तम समय हो । उद्योगीले यस समयमा बढीभन्दा बढी काँचो इँटा तयार गरेर ‘स्टक’ राख्ने र मौसमभरि पोल्ने गर्छन् । इँटा उद्योगीले सरकारले इँटा उद्योगलाई प्राथमिकता नदिएको र बीमाको पनि व्यवस्था नभएको गुनासो गर्ने गरेका छन् ।

प्रत्येक इँटा उद्योगले एक मौसममा औसत ४० लाखदेखि एक करोडसम्म इँटा उत्पादन गर्ने गरेका छन् । प्रतिएक काँचो इँटा तयार गर्न औसत दुई रुपैयाँ ५० पैसादेखि पाँच रुपैयाँसम्म लागत लाग्ने महासङ्घका केन्द्रीय सदस्यसमेत रहनुभएका न्यू गणेश इँटा उद्योगका प्रोप्राइटर दीपेन्द्र ऐरले जानकारी दिनुभयो । वर्षाले बिग्रेका र गलेका इँटा हटाउन श्रम र समय लाग्ने भएकाले उत्पादनमा समेत असर पर्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो ।




भर्खरै