२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा कोटेश्वर–कलंकी सडक खण्ड नेपाल सरकारलाई हस्तान्तरण



अ+ अ-

काठमाडौँ । चीन सरकारले काठमाडौँमा रहेको कोटेश्वर–कलंकी सडक विस्तारको काम सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

सोमबार ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदुत यू यान्छीले उक्त सडक हस्तान्तरण गरेकी हुन्।

चीनले करिब ५ अर्ब अनुदान सहायतामा पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको १० किलो मिटर ४ सय मिटर सडक विस्तार गरेको थियो।

प्रधानमन्त्री ओलीले सो सडक खण्डको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चीनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, सडक निर्माणको क्षेत्रमा विगतदेखि नै पु्र्‍याउँदै आएको सहयोगको पनि त्यस अवसरमा प्रधानमन्त्री ओलीले खुलेर प्रशंसा गरे।

उनले आगामि दिनमा भारत र चीन दुवै छिमेकी मुलुकबाट साथ, सहयोग र समर्थनको अझै आशा गरिएको र आशा गरे अनुसार नै सहयोग आउनेमा आफु ढुक्क रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत यान्छीले नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न चीन सरकार प्रतिवद्ध रहेको बताइन्।

काठमाडौंको २७ किलोमिटर लम्बाइ रहेको रिङरोडको पहिलो खण्ड चीन सरकारले विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले सबै पक्षको सहयोगका कारण सडक निर्माण सम्पन्न भएको बताए ।


सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले चक्रपथको दोस्रो चरणको काम चाँडो शुरु हुने बताए। उनले भने, “दोस्रो चरणको कामलाई चाँडो शुरु गरेर समयमा सम्पन्न गर्न विभाग लाग्नेछ ।” पाँच वर्ष पहिले निर्माण शुरु भएको यो सडकको निर्माण गत महीना सम्पन्न भएको थियो