२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मलाको ‘भजाइनल स्वाब’ सँग आमाको डीएनए मिल्यो



अ+ अ-

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर १३ वर्षीया निर्मला पन्तको यौनीबाट निकालिएको ‘भजाइनल स्वाब’ को डीएनए र उनकी आमा दुर्गादेवीको डीएनए मिलेको छ ।

निर्मलाको स्वाबमा बैधानिक नभएको भन्दै उनकी आमाको पनि डीएनए जाँच गरिएको थियो । उनले पुस २५ गते कञ्चनपुरमा पुगेर आफ्नो रगतको नमुना समेत दिएकी थिइन् ।

लामो समयसम्म रिपोर्ट सार्वजनिक नभएको भन्दै मानवअधिकार आयोगले स्वाब संकलन मै त्रुटिपूर्ण भएको कुरा बाहिर निकाले पछि प्रहरी प्रशासनले यसमा चासो देखाएको थियो ।

मानवअधिकार आयोगको रिपोर्टबाट तत्कालै प्रहरी प्रशासनमाथि नै शंका गरेपछि बाध्य भएर प्रहरीले निर्मलाको ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको आज बताएको हो ।

अब डीएनए नै मिलेपछि कसैले यसमा शंका गर्न आवश्यक नरहेको निर्मला हत्या प्रकरणका अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझाले बताए ।

निर्मलाको डीइनइ मिलेपनि अझै कसले हत्या गर्या भन्ने कुराको पत्ता लग्न सकेको छैन् । प्रधानमन्त्री ओलीले यसअगाडि नै हत्यारा पत्ता नलागे अन्तर्राष्ट्रिय अनुसन्धान कर्ता ल्याएर भएपनि हत्यारा पत्ता लगाउने उद्घोष गरिसकेका छन् ।