२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्पादन बढाउन कफी सम्मेलन



अ+ अ-

काठमाडौँ । कफीमा लगानी आकर्षित गर्ने उद्देश्यले आगामी फागुन महीनामा पहिलोपल्ट राजधानीमा राष्ट्रिय लगानी सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढ्दै गएको तर उत्पादन न्यून भएकाले उत्पादन बढाउने उद्देश्यले सम्मेलन हुन लागेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग वार्षिक ८०० मेट्रिकटन भएपनि उत्पादन ५१३ मेट्रिकटनमा सीमित छ । बोर्डको आयोजना र युरोपेली सङ्घअन्तर्गत ‘टिपिएचडी’ को आर्थिक तथा प्राविधिक सहयोगमा सो सम्मेलन हुनेभएको हो ।
नेपालमा अराविका जातको कफी खेती हुन्छ । सो कफीको माग कोरिया, जापान, जर्मनी र अमेरिकाबाट धेरै भएको छ । मागलाई पूरा गर्न एवं कफीको उत्पादन बढाउन लगानी सम्मेलन अपरिहार्य भएको बोर्डका प्रवक्ता दीपक खनालले जानकारी दिनुभयो ।

नेपालका ४३ जिल्लामा साना किसानले व्यावसायिक कफी खेती गर्दै आएका छन् । आर्थिक वर्ष ०७४।०७५मा ५३ हजार रोपनीमा कफी खेती गरिएको थियो । सोही वर्ष रु नौ करोड ३७ लाख २५ हजारको कफी निर्यात गरिएको थियो भने रु छ करोड ५८ लाख ९१ हजार बराबरको आयात भएको थियो ।

गत तीन वर्षको तथ्याङ्क हेर्दा कफीको माग धेरै भए पनि उत्पादन कम देखिन्छ । आव ०७१।०७२ मा रु दुई करोड ४९ लाख ९१ हजारको निर्यात र नौ करोड ९१ लाख ७६ हजारको आयात भएको थियो ।

आव ०७२।०७३ मा निर्यात रु पाँच करोड ५४ लाख ४१ हजार र आयात रु १० करोड ७९ लाख थियो भने आव ०७३।०७४ मा निर्यात रु रु पाँच करोड चार लाख र आयात आठ करोड ४५ लाख ३८ हजारको भएको थियो ।

बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आवदेखि आयातको तुलनामा निर्यात बढेको देखिन्छ । करीब ९० लाख हेक्टरमा कफी खेती गर्न सकिने भएपनि आव ०७१।०७२ मा दुई हजार ३८१ हेक्टर, ०७२।०७३ मा दुई हजार ६१८ हेक्टर, ०७३।०७४ मा दुई हजार ६४६ हेक्टर र ०७४।०७५ मा दुई हजार ६५० हेक्टरमा कफी खेती गरिएको थियो ।

नेपालमा पछिल्लो चार वर्षमा कफीको उत्पादन स्थिर देखिन्छ । आव ०७१।०७२ मा ४६३, ०७२।०७३ मा ४३४, ०७३।०७४ मा ४६६ र ०७४।०७५ मा ५१३ मेट्रिकटन कफी उत्पादन भएको थियो ।