२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुर्मुस–सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने, माघ १६ गते औपचारिक घोषणा हुने



अ+ अ-

काठमाडौं । भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउन्डेसनको सहकार्यमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने भएको छ ।

माघ १६ गते राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा रंगशालाको औपचारिक घोषणा हुने भएको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको रंगशाला भरतपुर महानगरपालिका–१५ मा बन्न लागेको हो । महानगरपालिकाले उपलब्ध गराउने २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बन्ने छ ।

सोही कार्यक्रममा महानगरपालिका र फाउन्डेसनबीच सहमतिपत्रमा हस्ताक्षर हुने भरतपुर
महानगरपालिकाले जनाएको छ । हालसम्म जग्गाको मुआव्जाको कार्य अगाडि बढिरहेको र अब छिट्टै काम सुरु गरिने महानगरपालिकाले जनाएको हो ।

रंगशाल अबको २ बर्ष भित्र निर्णमान गरिसक्ने र विदेशी सहित स्वेदेशी क्रिकेट प्रतियोगिता चलाउन सक्ने गरि बनाईन लागेको हो । हासम्म नेपाली क्रिकेट टिमले त्रिबिको मैदान भाडामा लिएर राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिता संचालन गर्दै आईरहेको छ ।