२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइन कर्मचारी कटौती



अ+ अ-

न्यूयोर्क । संयुक्तराज्य अमेरिकाका दुईवटा ठूला स्वतन्त्र अनलाइन समाचार वेबसाइटहरु बजफीड र हफपोस्टले आर्थिक भार थेग्न नसकेको भन्दै कर्मचारी, पत्रकारको संख्या कटौती गर्ने निर्णय गरेका छन् । विज्ञापन–आश्रित आर्थिक मोडेल अफाप रहेको सङ्केत जनाउने गरी यी दुबै सञ्चार संस्थाको आर्थिक स्थिति सकङ्टपूर्ण बन्दै गएको छ ।

बजफीडले १४ महिनाभित्रै दोस्रो पटक कर्मचारी कटौती गरेको हो । बजफीडले दोस्रो पटक २०० कर्मचारी हटाउन आन्तरिक सूचना जारी गरेको छ । पहिलो पटक कम्पनीले १०० जना कर्मचारी हटाएको थियो । यो समाचार संस्थामा एक हजार ७०० कर्मचारी कार्यरत थिए ।

हफपोस्टमा पनि सम्पादकीय विभागमा कार्यरत करिब १० प्रतिशत पत्रकार कटौती गरेको छ । हफपोस्टले पत्रकार कटौतीका बारेमा स्पष्ट गरेको छैन ।

हफपोस्टको संस्थापक कम्पनी भेरिजोन मिडिया आफैँले पनि आफ्ना अरु कम्पनीबाट कर्मचारी हटाउँदैछ । भेरिजोनले हाल एओएल, याहू र भेरिजोन मिडिया सर्भिसेज सञ्चालन गरिरहेको छ ।

“ठूलो संख्याका पाठक, श्रोतालाई आफूतिर आकर्षित गर्ने र विज्ञापनको ठूलो हिस्सा ओगट्ने मनसायबाट यी सञ्चार माध्यमहरु स्थापना गरिएको थियो,” पोइन्टर इन्स्टिच्यूटका मिडिया विश्लेषक रिक एडमन्डले बताउनुभयो । “तर, गूगल र फेसबुकले बजारमा अनपेक्षित सफलता प्राप्त गरे । यी दुई संस्था सूचना सङ्कलनमा अग्रणी देखिए र ठूलो संख्यामा पाठक, श्रोतालाई पनि आकर्षित गरे ।”

इमार्केटियरको प्रक्षेपण अनुसार, गूगल र फेसबुकले सन् २०१८ को कूल इन्टरनेट विज्ञापनको करिब ५८ प्रतिशत हिस्सा ओगटेका थिए । सन् २०११ मा यी दुईले करिब ४६ प्रतिशत बजार ओगटेका थिए । अर्को ठूलो कम्पनी अमेजनले आफूलाई तेस्रो नम्बरमा उभ्याएको छ ।

“निःशुल्क, विज्ञापन–आधारित मोडेल अपनाउने डिजिटल मिडिया अहिले सङ्कटमा पर्न थालेका छन्,” नर्थइस्टर्न युनिभर्सिटीमा पत्रकारिताका प्राध्यापक ड्यान केनेडीले बताउनुभयो ।

तर, केनेडीको विचारमा बजफीड र हफपोस्ट दुबै बजारबाट विलुप्त हुने सम्भावना छैन ।

बजफीडका प्रमुख कार्यकारी अधिकृत एवं सहसंस्थापक जोनाह पेरेटीले आर्थिक सङ्कट उत्पन्न भए अरु संस्थासँग गाभिन सक्ने बताउनुभयो । उहाँ हफपोस्टको सहसंस्थापक पनि हुनुहुन्छ ।

उहाँले सार्वजनिक रुपमै भाइस, भक्स, रिफाइनरी२९ र ग्रुप नाइनलाई गाभ्न सकिने बताउनुएको छ । यी सबै इन्टरनेट आधारित सञ्चार माध्यम हुन् । यी सञ्चार माध्यमले भिडियो सेवा पनि सञ्चालन गरिरहेका छन्, तर विगत १८ महिनाभित्रै यिनीहरुले पनि कर्मचारी कटौती गरेका छन् ।