२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतमा भिडियो कन्फरेन्स, कारागारमा चौकीदार र नाइके हेरफेर गरिने



अ+ अ-

पोखरा । पोखरा सहित १४ जिल्लामा न्यायाधीशले सोधेका प्रश्नको जवाफ कैदीबन्दीले कारागारबाटै दिने गरी भिडियो कन्फरेन्सको व्यवस्था गरिने भएको छ।

सामन्य प्रकृतिको मुद्धामा धेरै समय नलागोस भनेर अब यस्तो नयाँ किसिमको ब्यबस्था परिक्षण गर्न लागिएको हो । जटिल प्रकृतिका मुद्दामा भने कैदीबन्दीलाई अदालत लगिनेछ। सुरक्षाकर्मी दिनभर मुद्दाका विषयमा कैदीबन्दीलाई कुरेर अदालतमा बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न यो ब्यबस्था लाईएको कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीले बताए ।

उनका अनुसार अब यो सेवा काठमाडौं, कास्की, चितवनलगायत १४ जिल्लामा यही वर्ष सुरु गरिनेछ।

सबै कारागारमा सीसी क्यामेरा जडान गरिने र अब आन्तरिक प्रशासन सुधारअन्तर्गत कारागारका चौकीदार, नाइके हेरफेर गर्ने व्यवस्था पनि गरिएको उनले बताए।

एक वर्ष बसेका कैदीबन्दी चौकीदार नाइके हुन सक्ने व्यवस्था गरिएको हो। यसअघि एकै व्यक्ति लामो समय चौकीदार र नाइके हुँदा विकृति बढेको निष्कर्ष गृह मन्त्रालयले निकालेको छ ।