२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रजिअ भट्टराईलाई उपचारका लागि ग्रान्डी अस्पताल लगियो, अंगरक्षक सहित सबैको अबस्था सामान्य



अ+ अ-

वीरगञ्ज । सवारी दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा भट्टराईको उपचार हुन नसकेपछि उनलाई ग्रान्डी अस्पतालको सहकार्यमा कैलास हेलिकप्टर सर्भिसेज हेलिकप्टरबाट काठमाडौं लगिएको हो ।

भट्टराईलाई लिन ग्रान्डी क्रिटिकल केयर स्पेसलिष्ट डा. अजय थापासहितको टोली काठमाडौँबाट आएका थिए ।

भट्टराई चढ्दै आएको जिल्ला प्रशासन कार्यालय बाराको ना१झ १६३३ नम्बरको गाडी शनिबार बेलुका दुर्घटना भएको थियो । कर्मचारी मिलन केन्द्र बाराले आयोजना गरेको पिकनीकमा सहभागी भइ निजगढबाट फर्कने क्रममा पसाहा पुल नजिकै हाईवेमा दुर्घटना भएको थियो । दुर्घटनामा सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्यु भएको थियो ।

भट्टराईको राति टाउकोको शल्यक्रिया गरी जमेको रगत निकालेको थियो ।

दुर्घटनामा परेका प्रमुख जिल्ला अधिकारी भट्टराईका अंगरक्षक सञ्जय यादव, शम्भु गुरुङ र सवारी चालक जगत पटेलको भने वीरगञ्ज हेल्थ केयर अस्पतालमा नै उपचार भइरहेको छ ।

घाईते सबैको अबस्था सामान्य रहेको छ ।