२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्तिलाई ‘मिसेस व्यूटी क्वीन’को ताज



अ+ अ-

काठमाडौँ । सफल वैवाहिक जीवनका लागि आपसी समझदारी र एकअर्काको स्वतन्त्रताको सम्मान अति नै आवश्यक हुन्छ भन्ने जवाफ दिएर निर्णायकको मन जित्दै काठमाडौँ धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले ‘मिसेस ब्यूटी क्वीन’को ताज पहिरिनुभएको छ ।

कमलादीस्थित शनिबार राति प्रज्ञा भवनमा भएको फाइनल प्रतिस्पर्धामा उत्कृष्ट २२ प्रतियोगीलाई पछि पार्दै लिम्बूले ताज जित्नुभएको हो । योसँगै उहाँले ‘पर्सनालिटी अवार्ड’समेत प्राप्त गर्नुभयो ।

सिजन मिडियाको आयोजनामा भएको मिसेस ब्यूटी क्वीन नेपालको दोस्रो संस्करणको प्रतियोगितामा २२ प्रतियोगीमध्ये छानिएका उत्कृष्ट १० आमालाई तपाईंको विचारमा सफल वैवाहिक जीवनका लागि महत्वपूर्ण कुराहरू के हुन सक्छन् भनेर प्रमुख निर्णायक प्रतावराज वन्तले सोधेको जिज्ञासाको जवाफमा प्रतियोगी नम्बर २४ की लिम्बुले भन्नुभयो, “मेरो विचारमा सफल वैवाहिक जीवनमा आपसी समझदारी, एकअर्काको स्तन्त्रताको सम्मान, विश्वास, माया, एकअर्काको हरेक कुरामा सहकार्य, यो कुराको कमी भयो भने वैवाहिक जीवनमा हिंसाको बास हुनसक्छ ।” यही जवाफले आठ निर्णायकको मन जितेर उहाँले ताज पहिरिनु भएको हो । उहाँलाई यस अघिकी मिसेस ब्यूटी क्वीन सदीक्षा अर्यालले ताज पहि¥याउनुभएको थियो । ताजसँगै उहाँले नगद रु ५० हजार र स्कुटरसहित दुबई यात्राको दोहोरो हवाई टिकट प्राप्त गर्नुभयो । प्रतियोगितामा काठमाडौँ ज्ञानेश्वरकी ३० वर्षीया मनिशा विमली फष्ट रनर अप र काठमाडौँ सानो भ¥याङ्की ३५ वर्षीया जयन्ती गौतम सेकेन्ड रनर अप हुन सफल हुनुभयो ।

विमलीेले नगद रु ३० हजारसहित वासिङ मेसिन र दुबईका लागि हवाई टिकट तथा गौतमले नगद रु २० हजार र भ्याकुम क्लिनर तथा दुबईको दोहोरो हवाई टिकट प्राप्त गर्नुभयो । प्रतियोगितामा पूजा रसाईलीले ब्यूटिफूल अर्वाड, शोभा गिरीले कन्फिडेन्ट अवार्ड र सुस्मिता गिरिले एन्जल हर्ट अवार्ड प्राप्त गर्नुभयो ।