२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सकहरू अान्दाेलनमा उत्रने चेतावनी



अ+ अ-

काठमाडाैंः नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न जस्तोसुकै अप्रिय कदम उठाउन सक्ने चेतावनी दिएको छ ।

सरकारले ७२ घण्टे अल्टिमेटम बेवास्ता गरेको जनाउँदै अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले अस्पतालमा इमर्जेन्सीबाहेक सेवा बन्द गर्न बाध्य हुने अवस्था आएको बताएका हुन् । अल्टिमेटम आइतबार सकिँदैछ । ‘आइतबार बृहत् सभाले आन्दोलनको स्वरूप तय गर्नेछ,’ उनले भने ।
आन्दोलन स्वास्थ्य संस्था ठप्प पार्नेसम्मको हुन सक्ने उनले बताए । यसैबीच त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सक आकस्मिक बाहेकका सेवामा सरिक हुन छाडेका छन् । उनीहरूले शुक्रबारदेखि सेवा बहिष्कार गरेका हुन् ।