२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरवार्ड नेपालको नयाँ कार्यसमिति



अ+ अ-


भरतपुर । नेपालका ५७ वटा जिल्लामा काम गरिसकेको विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह (फरवार्ड नेपाल) को २२ औँ साधारण सभा तथा १० औँ अधिवेशन सम्पन्न भएको छ ।

भरतपुर महानगरपालिकाको क्षेत्रपुरमा सम्पन्न सो अधिवेशनले प्रा.डा.माधवकुमार श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । आगामी तीन वर्षको कार्यकालका लागि निर्विरोध निर्वाचित सो समितिको उपाध्यक्षमा प्रा.डा.दुर्गा देवकोटा, सचिवमा रामप्रसाद ढुंगाना, कोषाध्यक्षमा सुनिता श्रेष्ठ र सदस्यमा तोया गौतम, प्रवीण पौडेल, डा. दिलिपकुमार झा, सबिता चेपाङ, मैया गिरी रहनु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं.–२ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठ प्रमुख अतिथि तथा गैरसरकारी संस्था महासंघ–चितवनका अध्यक्ष सुरेश अधिकारी अतिथिको रुपमा रहनु भएको सो साधारण सभामा कृषि तथा वन विश्वविद्यालयका प्राध्यापक र देशका विभिन्न क्षेत्रबाट आउनुभएका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि, अतिथिका साथै कानूनविद जगन्नाथ भण्डारी एवम् प्राज्ञिक व्यक्तिव प्रा.डा.नवराज देवकोटा लगायतका वक्ताहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।

साधारण सभाले आगामी दिनहरुमा फरवार्ड नेपाललाई नयाँ सोच र रणनीतिबाट अगाडि बढाउने निर्णय गरेको छ ।

यस संस्थाले नेपालका ४ लाख २० हजारभन्दा बढी घरधुरीमा विभिन्न क्षेत्रमा आफ्नो सेवा प्रदान गरिसकेकोे जनाएको छ ।

भरतपुरको क्षेत्रपुरमा केन्द्रीय कार्यालय रहेको फरवार्ड नेपालले कृषि, पशुपालन, पुनर्निर्माण, पूर्वाधार विकास लगायत कृषिसम्बन्धी अध्ययन–अनुसन्धानका कामका साथै सामाजिक रुपान्तरणका क्षेत्रमा गैरसरकारी संस्थाको रुपमा विगत २२ वर्षदेखि काम गर्दै आएको छ ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रा.डा.माधवकुमार श्रेष्ठले नवनिर्वाचित कार्यसमितिले संस्थाको उद्देश्य अनुरुप अझ प्रभावकारी ढ·ले संस्थालाई अगाडि बढाउन प्रयत्न गर्ने प्रतिबद्धता प्रकट गर्नु भएको छ ।