२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेश फर्किएपछि प्रधानमन्त्रीले भने, सबै आफ्नो मर्यादामा बस्नुपर्छ



अ+ अ-


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी काँग्रेसलाई संकेतगर्दै भनेका छन, सबै आफ्नो मर्यादामा बस्नुपर्छ । स्वीटजरल्याण्डबाट फर्किएका प्रधानमन्त्री ओलीले शनिबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सो कुरा बताएका हुन् । उनले ‘संविधान, कानून र संस्थाहरुभन्दा माथि कोही छैन । सबैले यसलाई मर्यादा गर्न सिक्नुपर्छ ।’
पत्रकारहरुले प्रधानमन्त्री ओलीलाई तपाईले गोविन्द केसीसँग गरेको सम्झौताविपरीत संसदबाट चिकित्सा विधेयक पारित भएको छ, यसमा के भन्नुहुन्छ भन्ने प्रश्न सोधेका थिए । सो प्रश्नको जवाफमाा ओलीले डा. केसीको नाम लिएनन र आवेश र उत्तेजनामा नआई देशको हितमा सोच्नुपर्ने बताए । उनको संकेत डा.केसी र नेपाली काँग्रेसप्रति थियो ।

फेरि पनि डा. केसीको मागका विषयमा गरिएको प्रश्नमा ओलीले यतिमात्र भने ‘कुनै पनि चिजको प्रक्रिया हुन्छ ।’

संसदमा विपक्षी दलको विरोधका वावजुत विधेयक पारित भएको विषयमा प्रधानमन्त्री ओलीले लोकतन्त्रमा यस्तो हुनु स्वाभाविक हो भने । उनले भने यो कुनै उधुमको विषय होइन ।