२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वीट्जरल्याण्डबाटै प्रधानमन्त्रीले भने- किन विज्ञप्ति निकालेको ?



अ+ अ-


युरोपेली युनियनलगायत पश्चिमा देशहरुले नेपालको द्वन्द्व व्यवस्थापनको विषयलाई लिएर प्रकाशन गरेको वक्तव्यप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका छन् । स्वीट्जरल्याण्डको ज्यूरिखमा रहेका प्रधानमन्त्री ओलीले भने, ‘के नेपालमा द्वन्द्व व्यवस्थापन हुनु राम्रो होइन ?

हो भने किन विज्ञप्ति प्रकाशन गरेको ? शान्ति प्रक्रियाप्रति किन आपत्ति जनाएको ? उनले अनावश्यक रुपमा विदेशी दूतावासहरुले गठजोड र गुटबन्दी गर्न जरूरी नरहेको भन्दै आक्रोस पनि व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, हिजो लडाइँ थियो, मारामार थियो, हामीले शान्ति प्रकृया अगाडि बढायौं, लडाकु व्यवस्थापन गर्‍यौं र हतियार व्यवस्थापन गर्‍यौं अनि शान्ति प्रकृयामा विदेशी मित्रहरुले सहयोग पो गर्नुपर्छ । कतै द्वन्द्व व्यवस्थापन होला भन्ने चिन्ता हो कि के हो ?’

संयुक्त राष्ट्रसङ्घ, युरोपेली युनियन, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत लगायतका देशका दूतावासले बिहीबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै आगामी वर्ष सङ्क्रमणकालीन न्यायलाई अगाडि बढाउने सम्बन्धमा आफ्नो योजना जनताका अगाडि प्रस्ट्याउन सुझाब दिएपछि सोही विज्ञप्तिप्रति प्रधानमन्त्रीले यस्तो प्रतिक्रिया दिएका हु्न ।