२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्ती चढेको बसमा शक्तिशाली करेन्ट, ६ जनाको मृत्यु, अरु कैयौँ घाइते



अ+ अ-

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडानम्बर ४ कोठियाबल्टियामा जन्ती सवार बसमा करेन्ट लाग्दा छ जनाको ज्यान गएको छ । त्यसमा परेका अरु कैयौँ घाइते भएका छन् ।

उक्त क्षेत्रको सबैलाबाट बेहुली लिएर सिन्धुलीको दुधौली फर्किँदै गरेका बेला सो बसमा करेन्ट लागेको थियो । करेन्ट लागेपछि जन्ती बोकेको ना ५ ख १७५२ नम्बरको लालिमा डिलक्सको बसमा आज साँझ सवा ७ बजे करेन्ट लागेको स्थानीय सुरक्षाकर्मीले बताएका छन् ।

बेहुला रामवरण कुँमर र बेहुली सरस्वती कुमारी दनुवार भने अर्को गाडीमा सवार थिए । उनीहरु सकुशल रहेका आफन्तले जनाएका छन् ।

जन्ती लिएर गुडिरहेको बसको छतमा राखिएको टिनको बाकसमा विद्युतीय तार छोइन पुगेर आगलागी हुन पुगेको बताइएको छ ।