२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान इन्फोटेक २०१९ को सम्पूर्ण तयारी पूरा



अ+ अ-

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ तेस्रो साता आयोजना गर्न लागेको क्यान इन्फोटेक २०१९ को सम्पूर्ण तयारी पूरा भएको छ ।’सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको मेला माघ १५ देखि २० गतेसम्म ६ दिन चल्नेछ ।

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन क्यान महासंघले स्थापनाको दुई वर्षपछि सन् १९९५ देखि निरन्तर क्यान इन्फोटेक आयोजना गर्दै आएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने सूचना प्रविधि मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । मेलामा एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिनेछ भने नयाँ-नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिनेछन् ।

नयाँ-नयाँ स्किम

क्यान महासंघले मेलाको यो संस्करणलाई विशेष बनाउन नयाँ-नयाँ स्किमहरु ल्याएको छ ।

सुबिसुले अवलोकनकर्तालाई लक्षित गरी ल्याएको नयाँ-नयाँ स्किमबारे मेलास्थलमै जानकारी गराउनेछ ।

मेला अवलोकनकर्ताले विदेश भ्रमणदेखि स्वदेशकै पर्यटकीय स्थलसम्मको भ्रमणको अवसर पाउनेछन् । बम्पर पुरस्कारबापत इन्डोनेसियाको बाली र थाइल्यान्डको बैंकक भ्रमणका लागि एक/एक जोडीले दुई रातका लागि खाने-बस्नेसहित जाने-आउने टिकट पाउनेछन् । ईसेवा बाट यी सबै सुविधा उपलब्ध गराइएको हो ।

त्यस्तै, दैनिक पुरस्कारअन्तर्गत काठमाडौंमा प्याराग्लाइडिङ, त्रिशूलीमा र्‍याफि्टङ, पोखरामा बन्जीजम्प अथवा जिपफ्लायर र केजीएच गु्रप अफ होटल्समा हरेक दिन एक जोडीलाई एक रात बस्ने सुविधा प्रदान गरिनेछ ।

यसबाहेक, हरेक दिन पाँच जनालाई दुई हजार रुपैयाँबराबरको सपिङ भौचर प्रदान गरिनेछ । त्यस्तै, ६० जनालाई दुई सय रुपैयाँबराबरको फुड भौचर र मेलाका सहभागीमध्ये ६ जनाले प्रत्येक दिन मुभी टिकट पाउनेछन् । यो अफरमा सहभागी हुन मेला अवलोकनकर्ताले ऋब्ल् टाइप गरेर ३२१२१ मा पठाउनुपर्नेछ । अनलाइन टिकेटिङ ईसेवाको वेबसाइटबाट १० प्रतिशत छुटमा खरिद गर्न सकिनेछ । साथै खल्तीको को एप प्रयोग गरी  १० प्रतिशत  छुटमा खरिद गर्न सकिनेछ ।

त्यसैगरी, क्यान इन्फोटेकमा एनसेलको पनि आकर्षक स्टल रहनेछ । यस स्टलबाट अवलोकनकर्ताले आफ्नो एनसेल थि्रजी सिमलाई सहजै फोरजी सिममा परिवर्तन गर्न र नयाँ सिम लिन सक्नेछन् । त्यस्तै, एनसेलको चर्चित सेल्फ केयर एप ‘एनसेल एप’ को बारेमा जानकारी लिनुका साथै डाउनलोड बुथबाट उक्त एप डाउनलोड पनि गर्न सक्नेछन् । यसबाहेक एनसेलको अन्य विविध कस्टमर इन्गेजमेन्टसम्बन्धी गतिविधि पनि रहनेछ ।

मेलामा प्रो लिङ्कले नयाँ नयाँ ग्याजेट्सहरु आईपी क्यामेरा, ट्राभल चार्जर, पि्रजेन्टर, फोर जी मोडेम लगायत लन्च गर्दै छ ।

यसैगरी बिभिन्न कम्पनीहरुले ल्यापटप, पि्रन्टर, कम्युटर, सि.सी टी.भि, प्रोजेक्टर, एंटीभाइरस, बिधालयमा प्रयोग हुने स्मार्ट बोर्ड लगायतका सामानहरुमा आकर्षक छुट प्रदान गर्ने छन् ।

मेलाका आकर्षण

यसपटकको मेलामा रोबोट ब्याटल कम्पिटिसनको छुट्टै आकर्षण रहने अपेक्षा गरिएको छ । मेलामा रहने रोबोटिक्स जोनमा पाँच दिनसम्म रोबोट ब्याटल कम्पिटिसन हुनेछ । जसमा मावि, उच्च मावि तथा इन्जिनिरिङ कलेजका विद्यार्थीले बनाएका रोबोटबीच ब्याटल कम्पिटिसन गराइनेछ । प्रतिस्पर्धामा प्रथम र द्वितीय हुने टिमलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, मेलामा इन्नोभेसन प्याभिलन समेत रहनेछ । इन्नोभेसन प्याभिलनमा प्रविधिको प्रयोगबारे जानकारी गराइन्छ ।

प्रभु इन्स्योरेन्सले प्रदर्शनीस्थल र स्टलको २ करोड रुपैयाँबराबरको बिमा गर्नेछ । त्यस्तै, कम्पनीले प्रत्येक स्टललाई पाँचवटा बिमा पोलिसी प्रदान गर्नेछ ।

सूचना प्रविधिदेखि बैंक, बिमासम्मको सहकार्य

२५औं संस्करणको क्यान इन्फोटेकको मुख्य प्रायोजक सुबिसु केबलनेट प्रा.लि. हो भने एसोसिएट प्रायोजक ई सेवा फोन पे प्रा.लि. हो । डाइमन्ड स्पोन्सरमा प्रभु ग्रुप रहेको छ । त्यस्तै, गोल्ड स्पोन्सरमा एनसेल प्रा.लि. र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन रहेका छन् । मेलाको सिल्भर स्पोन्सरमा प्रोलिङ्क, एस-पावर बिपिई प्रा.लि. र टेक्नोस कर्पोरेसन (नेपाल) प्रा.लि. तथा पि्रन्ट स्पोन्सरमा एक्सन प्वाइन्ट नेपाल रहेको छ । क्यान इन्फोटेकको अफिसियल पार्टनर नेपाल क्लियरिङ हाउस लिमिटेड, अफिसियल बैंक प्रभु बैंक, बिमा पार्टनर प्रभु इन्स्योरेन्स लिमिटेड, अफिसियल स्पोन्सरमा नेपाल टेलिकम र अफिसियल अनलाइन टिकेटिङमा एफ वान सफ्ट इन्टरनेसनल प्रा.लि. रहेका छन् ।

जानकी टेक्नोलोजी प्रा.लि. अफिसियल एसएमएस पार्टनर र अफिसियल डिजिटल मार्केटिङ पार्टनरको भूमिकामा रहेको छ । मेलाको अफिसियल अनलाइन पेमेन्टमा ई-सेवा फोनपे प्रा.लि., अफिसियल इन्टरनेट सर्भिस प्रोभाइडरमा सुबिसु केबल नेट प्रा.लि. र अफिसियल सिसिटिभी पार्टनरमा ई-थ्री सेल्स एन्ड सर्भिस प्रा.लि. रहेका छन् ।

कुल १७५ स्टल रहने मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्टि्रव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सˆटवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल रहनेछन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । माघ १७ गते बिजनेस डेका दिन भने सबैले १०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ ।

प्रविधि मेलामा सामूहिक रुपमा आउन चाहने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयबाट पत्र लिएर आएमा निःशुल्क प्रवेश पाउनेछन् । त्यस्तै, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई पनि निःशुल्क प्रवेशको सुविधा दिइएको छ ।