२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईद्धारा नेपाल तीन विकेटले पराजित, ज्ञानेन्द्र शून्यमै आउट



अ+ अ-

काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ ।

दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३३ ओभर ५ बलमा अलआउट हुँदै ११३ रनमा समेटियो ।

नेपालले दिएको ११३ रन पछ्याउने क्रममा युएईले ३२.१ ओभरमा सात विकेट गुमाउदै लक्ष पुरा गर्या । उसले ३२.५ ओभरमा ११६ रन बनाएको थियो । युएईका लागि गुलाम सबरले ३० रन बनाउदा अरु सस्तैमा समेटिए पनि नेपालले जित्न सकेन ।

युएईलाई रोक्ने क्रममा कप्तान पारस खड्का,सन्दीप लामिछाने र करण केसीले समान २/२ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट लिएका थिए ।

यता नेपालको लागि भने सोमपाल कामीले सर्वाधिक ३० रन जोडे । यस्तै आरिफ शेखले २५ रन जोड्दा कप्तान पारस खड्काले २० र सन्दीप लामिछाने १५ रनमा आउट भए ।

अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । नेपालका विनोद भण्डारीले पाँच, पवन सर्राफले चार, करण केसीले तीन रन जोडेर आउट भए । ललितनारायण राजवंशी दुई रनमा अविजीत रहे । नेपालका ओपनर ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी र वसन्त रेग्मीले रनको खाता खोल्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा युएइका मोहमद नाभिद र अमीर हायतले समान तीन/तीन विकेट लिएका थिए ।



नेपालले युएईसँग तीन खेलको एक दिवसीय र तीन खेलको टी–२० सिरिज खेल्नेछ । नेपालले दोस्रो एक दिवसीय खेल शनिबार खेल्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एक दिवसीय मान्यता पाएपछि नेपाल दोस्रो एक दिवसीय सिरिज खेल्न युएई पुगेको हो । एक दिवसीय मान्यता पाएपछि नेपालले युएईसँग दोस्रो सिरिज खेलेको हो ।

यसअघि नेदरल्याण्डसँग नेपालले पहिलो एक दिवसीय सिरिज खेलमा पराजित भए पनि दोस्रो खेलमा एक रनको जित हासिल गरेको थियो ।

नेपालका पारस खड्का तथा युएईका मोहम्मद नाभिदको कप्तानीमा खेल भएको थियो । नियमित कप्तान रोहन मुस्ताफासहित तीन खेलाडी प्रतिबन्धमा रहेका कारण युएईको नेतृत्व फास्ट बलर नाभिदले गरेका थिए । नेपालले युएईसँग तीन टि–२० सिरिज पनि खेल्नेछ ।