२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको खराव खेल जारी, सन्दीपबाट केही आश



अ+ अ-

काठमाडौ । नेपालले १०५ रन नपुग्दै आफ्ना महत्वपूर्ण आठ विकेट गुमाएको छ ।

आफ्नो पहिलो एकदिवसीय क्रिकेट श्रृंखलाअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा खराब सुरूवात गर्दै आठ विकेट गुमाएको हो ।

नेपालले आठौ विकेटको रुपमा वसन्त रेग्मीलाई शून्य रनमा गुमाएको हो उनि अमिरको बलमा सबिरको क्याचमा आउट भएका हुन् ।

यसअघि पहिलो ओभरमै उपकप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमा गुमाएको हो । सातौं ओभरको पहिलो बलमा दोस्रो विकेटका रूपमा बिनोद भण्डारीलाई ५ रनमा गुमाएको नेपालले कप्तान पारस खड्कालाई २० रनमा तेस्रो विकेटका रूपमा गुमाएको थियो। चौथो विकेटका रूपमा दीपेन्द्र सिंह ऐरीलाई शून्य रनमा गुमायो। उनी रन आउट भए। पाँचौ विकेटमा सोमपाल कामी पनि ३० रनमा अमिरको बलमा आउट भए । छठौै विकेटका लागि ३ बलको सामाना गर्दै पवन सराफ पनि ४ रन जोड्दै इमरानको बलमा आउट भए । भने सातौ विकेटमा करण केसी ८ बलको सामाना गर्दै ३ रनमा इमरानको बलमा आउट भएका हुन् ।

युएईका लागि सुरूवाती २ विकेट कप्तान मोहम्मद नाभिदले लिएका हुन्। भने तेस्रो विकेट क्वादर अहमदले लिएका हुन्। चौथो र पाँचौ र छैठौ अमिर तथा र आठौ इमरानले लिएका हुन् ।

अहिले कृजमा आरिफ सेख र सन्दीप लामिछाने रहेका छन् ।