२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एल जीको पहिलो फाइभ जी स्मार्टफोन फेब्रुअरी २४ मा



अ+ अ-

दक्षिण कोरियाली कम्पनी एल जी इलेक्ट्रोनिक्सले आगामी फेब्रुअरी २४ मा स्पेनको बार्सिलोनामा हुने मोबाइल वर्ल्ड कंग्रेसका अवसरमा आफ्नो पहिलो फाइभ जी स्मार्टफोन लञ्च गर्ने घोषणा गरेको छ ।

उक्त फाइभ जी स्मार्टफोन जनवरी २८ सम्म चल्ने मोबाइल वल्र्ड कंग्रेस २०१९ मा प्रदर्शनीमा राखिनेछ ।

रिपोर्टअनुसार यसमा क्वालकोमको सबैभन्दा पछिल्लो स्नापड्रागन ८५५ प्रोसेसरको प्रयोग गरिनेछ ।

फोनमा ४ हजार मिलिएम्पिएर आवर क्षमताको ब्याट्री हुनेछ, जसले फास्ट चार्जिङ्ग प्रविधि पनि सपोर्ट गर्नेछ ।

विश्वमा फाइभ जी नेटवर्कमा चल्ने स्मार्टफोन निर्माणको दौडमा रहेका कम्पनी मध्ये एल जी एक हो । एलजी सँगै सामसुङ, वनप्लस, शाओमी तथा ओप्पो जस्ता कम्पनीहरुले पनि फाइभ जी स्मार्टफोन निर्माणमा काम गरिरहेका छन् ।

नयाँ ब्राण्डिङ्गका साथमा एलजीले बजारमा ल्याउने स्मार्टफोनका कारण २०१९ को पहिलो आधा वर्षमा एलजीका स्मार्टफोनको बिक्रिदर ह्वात्तै बढ्ने अपेक्षा गरिएको छ ।

एजेन्सी