२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सेल्सियरको दोहोरो जित



अ+ अ-


आयोजक द एक्सेल्सियर स्कुलले सातौं एक्सेल्सियर कपअन्तर्गत सिनियर ब्वाइज फुटबलमा बिहीबार दोहोरो जित हात पारेको छ ।

स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियर ‘ए’ ले ग्यालेक्सीलाई २–० गोलले पराजित गर्यो । एक्सेल्सियर ‘ए’ का धीरज जोशीले दुवै गोल गरे । त्यस्तै एक्सेल्सियर ‘बी’ ले एनआरएसएचएसलाई ३–१ गोलले हरायो ।
सिनियर ब्वाइजमै एलआरआई त्रिनेत्रले १–१ गोलको बराबरी खेल भने स्राइन मोडेलले राजन मेमोरियल स्कुललाई ५–२ गोलले पन्छायो ।
जुनियर ब्वाइज फुटबलमा आयोजक एक्सेल्सियरले ग्यालेक्सीलाई १–० तथा त्रिनेत्रले आर्या एकेडेमीलाई ३–२ गोलले निराश पारे । दुई खेल खेलेको आर्याले ओराकल रेसंग भने गोलरहित बराबरी खेल्यो ।
सिनियर ब्वाइज बास्केटबलमा एलआरआईले रेडिअन्टलाई ४६–४४ ले पराजित ग¥यो । जुनियर ब्वाइज बास्केटबलमा रेडिअन्टले बिग बुद्धलाई ३२–११, महामञ्जुश्रीले न्यु अरुणोदयलाई २७–१३, एभीएमले एलिट को–एडलाई १२–४ र मोक्सदाले रुपिजलाई २५–२४ ले पाखा लगाए ।
सिनियर गल्र्समा एलआरआईले स्किब्सलाई २२–१६ तथा मोक्सदाले रुपिजलाई १४–१२ ले पराजित गरे । प्रतियोगिताको एक्सेल्सियरका प्रबन्ध निर्देशक राम बस्नेतले एक कार्यक्रमबीच उद्घाटन गरे । फुटबलको सिनियर र जुनियर दुवैमा समान १६–१६ टिम सहभागी छन् । बास्केटबलतर्फ सिनियर ब्वाइज र गल्र्समा समान १२–१२ तथा जुनियर ब्वाइजमा १३ टिमले भाग लिएका छन् । एक्सेल्सियर कप माघ १७ गते सम्पन्न हुनेछ ।