२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई चिकित्सक संघको ७२ घन्टे अल्टिमेटम



अ+ अ-


काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको विशेष पहल गर्न भन्दै नेपाल चिकित्सक संघले सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको छ ।

बिहीबार साँझ प्रेस विज्ञप्ति प्रकाशन गरेर चिकित्सक संघले सो अल्टिमेटम दिएको हो । डा केसी त्रिवि अस्पतालमा अनशनरत छन् भने उता संसदे भने भोलि उनको अनशन विरोधी रुपमा तयार पारिएको विधेयक पारित गर्ने तयारी गरिरहेको छ ।

प्रधानमन्त्री स्वयंले डा. केसीसँगको सहमतिको कुरा विर्सिएर अलग परिस्थितिमा सम्झौता भएको भन्दै संसदमा दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको संघको आरोप छ ।

डा. केसीबारे गलत प्रचार भएको भन्दै संघले निन्दा पनि गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गरी ७२ घन्टाभित्र वार्ता टोली बनाएर डा. केसीको जीवन रक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेको छ र यदि त्यसो नभएमा आइतबार दिउँसो १ बजेदेखि उक्त संघको पहलमा नेपालका समग्र चिकित्सकहरुले कडा आन्दोलन गर्ने बताएको छ ।