२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक परिवार एक रोजगार



अ+ अ-

बुटवल । बुटवल उपमहानगरपालिकाले एक परिवार, एक रोजगार/स्वरोजगार कार्यक्रमअन्तर्गत पाँच सय युवालाई इलम प्रदान गरेको छ । ‘मेयर युवा इलम’ नामको कार्यक्रममार्फत पहिलो चरणमा बुटवलका १९ वडाका ३६५ युवालाई इलम प्रदान गरिएको हो ।

इलम सिकेका युवालाई दक्षताका आधारमा रोजगारादाताको सहकार्यमा रोजगारीसमेत दिने गरी इलम सिकाउने अभियान शुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । नगर प्रमुख सुवेदीले शुरुदेखि नै प्राथमिकता दिँदै आएको युवा स्वरोजगार कार्यक्रम यस क्षेत्रको नमूना र स्वागतयोग्य कार्यक्रम मानिएको बताउनुभएको छ ।

सीप विकास तालीम केन्द्रमार्फत युवालाई कुक, एसी तथा रेफ्रिजेरेटर मर्मत, प्लम्बिङ र फेशन डिजाइनरसम्बन्धी सीप सिकाइएको थियो । कुक तालीम लिएका ८०, एसी तथा रेफ्रिजेरेटर मर्मत तालीम लिएका ४६, प्लम्बिङ तालीम लिएका १२ र फेशन डिजाइन तालीम लिएका ९४ लाई सीप सिकेको प्रमाणपत्र प्रदान गरिएको छ ।

उपमहानगरपालिकाले शुरु गरेको यो अभियानमा यस क्षेत्रका रोजगारदाता र प्राविधिक शिक्षा केन्द्रले सहकार्य गरेका छन् । तालीम लिन इच्छुकको विषय छानेर तिनै तालीम प्रदायककोमा पठाइएको र कम्तीमा तीन महीना तालीम दिइएको उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो ।

सीप सिकेका युवालाई रोजगारीका लागि रोजगादातासँगको समन्वयमा अर्को चरणको कार्यक्रमसमेत अगाडि बढाउने बारेमा छलफल भइरहेको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । विभिन्न विषयमा तालीम लिएका प्रशिक्षार्थीमध्येका एसी बनाउने तालीम लिएका बुटवल–१६, सेमलारका युवा त्रिभुवन कँडेलले तालीमले आत्मविश्वास र हौसला दुवै बढाएको बताउनुभयो । उहाँले आधारभूत तालीम लिएकालाई अर्को ‘एड्भान्स’ तालीमको व्यवस्था गर्न जरुरी रहेकोसमेत बताउनुभयो ।