२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र युएईविरुद्धको पहिलो एक दिवसीय खेल शुक्रबार



अ+ अ-

काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स ९युएई० को क्रिकेट टोलीबीच हुने तीन अन्तर्राष्ट्रिय एक दिवसीय र तीन टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको पहिलो खेल नेपालले भोलि शुक्रबार खेल्दैछ ।

संयुक्त अरब इमिरेट्सको दुबई शहरमा हुने खेलमा नेपालले आफ्नो पहिलो एवं उद्घाटन खेलमा युएईसँग जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । नेपालले एउटै देशसँग एक दिवसीय र टी २० अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको यो पहिलो पटक हो ।

गत मार्चमा जिम्बावेमा भएको एक दिवसीय विश्वकप छनोटमा एशोसिएटतर्फ उत्कृष्ट तीनमा पर्दै नेपालले पहिलोपटक चार वर्षका लागि एक दिवसीय मान्यता पाएको थियो । उक्त मान्यता पाएपछि नेपालले यो दोस्रो पटक एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

यसअछि नेपालले गत अगष्टमा नेदरल्याण्डसँग उसैको मैदानमा पहिलो एक दिवसीय सिरिज खेलेको थियो, जुन सिरिज एक÷एकको बराबरीमा सकिएको थियो । नेपाली टोली कप्तान पारस खड्काले एक दिवसीय सिरिज खेल्न नेपाली टोली उत्साहित रहेको भन्दै जित निकाल्न प्रयास गर्ने बताउनुभएको छ ।
नेपालले यही माघ ११, १२ र १४ गते एक दिवसीय सिरिज खेल्नेछ भने माघ १७, १८ र २० मा टी–२० सिरिज खेल्नेछ । उक्त खेलका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय टोली रहेको छ ।

उक्त प्रतियोगिताका सहभागी खेलाडीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन् ।

त्यस्तै भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोराले सिनियर राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाएका छन् । उक्त प्रतियोगिताका लागि नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर अस्वस्थ भएका कारण छनोट प्रतियेगितमा सहभागी हुन पाएनन् । वैकल्पिकतर्फ ललितसिंह भण्डारी, विक्रम सोब र सुशन भारी छन् । उक्त प्रतियोगिताको विजेता टोलीले १० हजार दिराम (रु तीन लाख १४ हजार) पाउने छ ।