२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढी प्रिमियर लिगलाई आइसिसीको मान्यता



अ+ अ-

काठमाडौँ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मान्यता प्रदान गरेको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले प्रतियोगितालाई आइसिसीले मान्यता दिएको जनाएको हो । “प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता पाएको जानकारी गराउँदछौँ”, एकेडेमीका अध्यक्ष सुवास शाहीले भन्नुभयो । आइसिसीको मान्यतापछि डिपिएलका लागि अन्तर्राष्ट्रिय खेलाडी ल्याउन बाटो खुलेको छ । आइसिसीको मान्यताबिना प्रतयोगितामा विदेशी खेलाडी टिममा ल्याउन पाइँदैन । प्रतियोगिता यही माघ २६ गतेदेखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुँदैछ ।

यस्तै एकेडमीले आइसिसीले प्रतियोगिताबारे आफ्ना सम्पूर्ण सदस्य राष्ट्रलाई समेत जानकारी गराइसकेको जनाएको छ । देशकै सर्वाधिक पुरस्कार राशिको डिपिएलमा धनगढी स्टार्स, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।

टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टिमले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली प्लेअफमा छनोट हुनेछ । पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।

प्रतियोगिताका लागि छ वटै टोलीले लिलाम बढाबढबाट दुई साताअघि खेलाडी लिइसकेका छन् । डिपिएलका प्रत्येक टिमले लिलाम बढाबढबाट १२ खेलाडी, एक रणनीतिक खेलाडी र दुई विदेशी गरी १५/१५ खेलाडी टोलीसँग आबद्ध गरेका छन् । देशकै पहिलो खेलाडी बोलकबोल (अक्सन) गराउँदै नेपाली क्रिकेटलाई व्यावसायिक बनाएको डिपिएलको छ वटै टोलीलाई दुई अनिवार्य व्यावसायिक विदेशी खेलाडी राख्नुपर्ने प्रावधान छ ।




भर्खरै