२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय कल बाईपास गर्ने पक्राउ



अ+ अ-

काठमाडौँ । अबैध रूपमा अन्तर्राष्ट्रिय कल बाईपास गर्ने कार्यमा संलग्न रहेको भन्दै प्रहरी दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २६ सामाखुसी सरकारीधारा रोममार्ग वस्ने भारत जयपुर राजस्थानका ३५ वर्षीय सुनिल कुमार र ४१ वर्षीय राम करन जाट रहेका छन् ।

सुनसरी धरान नगरपालिका–१९ जिमिचोक स्थायी वतन भएका काठमाडौं महानगरपालिका–२६ बस्ने ३३ वर्षीय संजिप राईले भाडामा लिएको उक्त घरको १ कोठामा अवैध अन्तर्राष्ट्रिय कल बाईपास संचालन गरिरहेको अवस्थामा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त कार्य संचालन गर्ने उपकरणहरु सहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूबाट १२८ पोर्टको भिओआइपी गेटवे १ थान, एन्टेना ३२ थान, ल्यापटप १ थान, राउटर १ थान, तार सहितको मिडिया कन्भर्टर १ थान, मल्टीपल्क १ थान, युपीएस १ थान, नखोलिएको रिचार्ज कार्ड १३ थान, एनटिसी सिमकार्ड १५ थान, एनसेल सिमकार्ड १० थान, स्मार्ट सिमकार्ड ११ थान, एडप्टर १ थान, अप्टिकल बक्स १ थान, प्रयोग नभएका सिमकार्ड ७ थान, मोबाईल ३ थान र भारतीय गणराज्यबाट जारी भएका राहदानीको फोटोकपी ३० पाना बरामद भएको छ ।

अन्तर्राष्ट्रिय भिओआइपी कल चीन मार्फत ल्याउने, भारतबाट उपकरण ल्याउने, विभिन्न भारतीय नागरिकको कागजातपत्रको आधारमा सिमकार्ड लिने, अनलाइनमार्फत सम्पर्क गरी कोठा भाडामा लिने, उनीहरुमध्ये १ जनाले भारतमा रही प्रविधिको सहयोग गर्ने गरेको र ३ महिना नेपालमा बसी उक्त कार्य संचालन गर्ने योजनामा उनीहरू रहेको हाल खुल्न आएको छ ।

उनीहरू उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत थप अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।




भर्खरै