२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बमजन प्रकरणमा हेरेर बसेको छैन, प्रहरीहरु खटाएको छु : प्रहरी प्रवक्ता



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले तपस्वी रामबहादुर बमजन प्रकरणबारे प्रहरीले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत अनुशन्धान गरिरहेको जानकारी दिएका छन्

उनले भने,‘मकवानपुर, सर्लाही, नुवाकोट, बारामा निवेदनहरु परेको छ । पाँच जना मान्छेहरु बेपत्ता भएको सम्बन्धमा । यसमा मिडियाबाटपनि हामीलाई सहयोग भएको छ । सेतोपाटीमा कुराहरु आएको थियो, त्यसलाई पनि हामीले आधार बनाएका छौं । प्रहरीले अहिले अनुशन्धान गरिरहेको छ ।’

यो प्रकरणमा अनुशन्धान गर्न मिडियाले सहयोग गरेको उनको भनाई छ । उनले भने,‘म मिडियाहरुलाई धन्यवाद दिन चाहन्छु । मिडियामा अनुशन्धानलाई प्रभाव पार्ने कुरा त्यस्तो केही पनि आएको छैन । बरु सहयोग भएको छ।’

यो प्रकरणमा अनुशन्धानको घेरा अझै केही समय विस्तृत भएर जाने देखिएको पनि उनले जनाए । उनले भने,‘अनुशन्धान गरिरहेको भएर केही समय लाग्छ, तर तथ्य बाहिर आउँछ।’