२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोरम सहित बिभिन्न पार्टिका ४ सय नेता कांग्रेसमा प्रबेश, उपेन्द्र यादब ओलीको पुच्छार रहेको आरोप



अ+ अ-

काठमाण्डौ । मंगलबार क्षेत्रीयस्तरको आमसभामा संघीय समाजबादी फोरमका क्षेत्रीय सभापति सहित केहि नेताहरु नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।

प्रबेश हुनेमा फोरमका सभापति तथा अध्यक्ष हमिफ खान, सोही पार्टीका प्रदेश सभाका उम्मेदवार मनोज कुमार शर्मा सहित बिभिन्न पार्टीका ३ सय ५० जना कांग्रेसमा प्रबेश गरेका हुन् ।

नेपाली कांग्रेस मुश्लीम संघ बाँकेको क्षेत्र नं १ नरैनापुरमा क्षेत्रीय आमसभामा बोल्दै केन्द्रीय सदस्य फरमुल्ला मन्सुरले लोकतन्त्रको रक्षार्थ र जनताको हक अधिकारको सरक्षाका लागि नेपाली काँग्रेसलाई बलिायो बनाउन सबै मुश्लिमहरु एक जुट भएर अगाडि बढ्नुपर्ने समय आएको बताएका थिए ।

त्यस्तै नेपाल मुस्लिम संघका केन्द्रीय अध्यक्ष अब्दुल सतारले मुस्लिमहरूको हक र अघिकार सुनिश्चत गर्ने नेपाली कांग्रेस नै मुस्लिमहरूको लागि उत्तम पार्टी भएको, नेपालकै इतिहासमा पहिलो पटक समावेश संविधान जारी भएको भन्दै मुस्लिमहरूको हक र अघिकार पार्टीमा काँग्रेसले सुनिश्चत गरेको विचार ब्यक्त गरे।

यस्तै राप्रपाका रामानन्द शर्मा पनि कांग्रेसमा प्रवेश गरेका छन् । उनी नरैनापुर गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवार बनेका थिए ।

पछिल्लो समयमा नेकपा नेतृत्वको ओली सरकारले नेपाल र नेपाली जनताका समस्या समाधान गर्ने भन्दा ठूला कुरामात्र गर्दै हिडेको भन्दै काँग्रेस नै मुलुकलाई निकास दिन नसक्ने बताएका हुन् ।

उनीहरुले उपेन्द्र यादब केपी शर्मा ओलीको पुच्छार रहेको र मधेशलाई धोका दिएको आरोप समेत लगाएका थिए ।