२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बम दिदिबहिनी निर्दोष हुन् : प्रहरी प्रवक्ता सुवेदी



अ+ अ-


‘निर्मला हत्या प्रकरण संगठनको लागि प्रतिष्ठाको विषय भएकोले उच्च प्राथमिकताका साथ अनुशन्धान गरिरहेका छौं’


काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निर्मला हत्या प्रकरण संगठनको लागि पनि प्रतिष्ठाको विषय भएकोले उच्च प्राथमिकताका साथ अनुशन्धान गरिरहेको स्पष्ट पारेका छन् ।


मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘यो प्रकरणमा हाम्रो संगठनले मेहनत र ईमानदारपूर्वक अनुशन्धान गरिरहेको छ । यो प्रकरण हाम्रो संगठनको लागि पनि प्रतिष्ठाको विषय हो । हामीले उच्च प्राथमिकताका साथ अनुशन्धान गरिरहेका छौं ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै प्रवक्ता सुवेदीले निर्मला हत्या प्रकरणमा आजको मितिसम्म संगठनलाई कुनै पनि राजनीतिक दबाब नआएको पनि स्पष्ट पारे ।

उनले भने,‘राजनीतिक प्रभाव अथवा दबाबले कुनै घट्नालाई यति समयसम्म नेपाल प्रहरीले सहेर, कुनै व्यक्तिले कहिलेकाहीँ कुनै अमुक केशमा कुनैमा सहेको हुँदो होला, संस्थाले कहिल्यैपनि पनि सहँदैन् । त्यसमा पनि यो केशमा कतैबाट दबाब आएकै छैन ।’


यो प्रकरणमा राजनीतिक दबाब आएको थियो भनेर खाली हल्लाको भरमा भन्न नहुने उनको धारणा छ । उनले थपे,‘कतैबाट कसैलाई बचाउने अथवा कसैलाई फसाउने नियतले त यो आएको होईन ?।’
कहिलेसम्म दोषी पत्ता लगाउनुहुन्छ भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘अब अनुशन्धान, जुन दिन हुन्छ, त्यही दिन सार्वजनिक गर्छौं । हामीलाई त यति हतार छ की तथ्य आउँदा साथ हामी सार्वजनिक गरेर त्यो दिन हामी पनि लामो सास फेर्नुपर्ने अवस्था छ।’


प्रहरीको ‘डिएनए–टेष्ट’मै आशंका भनेर बाहिर कुराहरु आएका छन् नि भनेर सोधिएको अर्को प्रश्नमा उनले भने,‘मैले पनि मिडियामा पढेको छु, हाम्रो विशेषज्ञहरु र केही हामीले कन्सल्ट गर्दाखेरि उहाँहरुले त्यस्तो कुरा होईन भन्नुहुन्छ । यो टेक्निकल विषय भएकोले कुरा उठेको छ, यसमा नेपाल प्रहरी पनि एकदम सिरियश छ । डिएनए टेष्ट भनेको नेपालको लागि कमन–प्राक्टिस होईन । जुन कुरा कमन हुन्छ, त्यसमा धेरै कुरामा अगाडि बढिसकेको हुन्छ । कतिपय कुराहरु सिक्नुपनि पर्ने हुन्छ । टेक्नोलोजीको कुराहरु, कतिपयले त्यो मेशिन नै ठिक हो कि होईन भन्ने कुरा उठाईदिन्छन् । हामीले पनि सम्बन्धित् विशेषज्ञहरुको राय लिएकाछौं । यो समयसम्म भन्नुपर्दाखेरि त्यस्तो ईक्युपमेन्टमा फल्ट, अथवा त्यसमा केमिकलमा फल्ट, तर अन्य हिसाबले प्रमाणित भएको अवस्था छ ।’


प्रवक्ता सुवेदीले निर्मला हत्या प्रकरणमा नाम मुछिएका बम दिदिबहिनीहरु निर्दोष रहेको पनि स्पष्ट पारे । उनले भने,‘नेपालको प्रचलित कानून र संविधानले पनि कानुनबमोजिम प्रमाणित नहुेन्जेलसम्म उसलाई दोषी भन्न मिल्दैन् । मलाई त कहिलेकाहीँ दुःख लाग्छ, यी कुराहरु नआईदिएको भए हुन्थ्योजस्तो लाग्छ । नेपाल प्रहरीको प्रवक्ताको हैसियतले मैले भन्दाखेरि निजहरुको विरुद्धमा कुनै प्रमाण अथवा अदालतले दोषी करार नगरुञ्जेलसम्म उहाँहरु निर्दोष हुन । यो कुरा मैले भन्नैपर्छ ।’