२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट कोहली ‘आइसीसी वर्ष खेलाडी’ घोषित



अ+ अ-

काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रभावशाली कप्तान विराट कोहली ‘आइसीसी वर्ष खेलाडी’ घोषित भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको अवार्ड कार्यक्रममा विराट सन् २०१८ को उत्कृष्ट खेलाडी चुनिएका हुन् ।

आइसीसी मेन्स क्रिकेटर अफ दि इयर बनेका विराटले टेस्ट र वान डे दुवैको उत्कृष्ट खेलाडीको उपाधि चुमे ।

यसैगरी आइसीसीले मंगलबारनै टेष्ट क्रिकेटको ‘ड्रिम टिम अफ दि इयर’ सार्वजनिक गरेको छ ।

आइसीसीले विराट कोहलीको कप्तानीमा सन् २०१८ को ड्रिम टिम सार्वजनिक गरेको हो ।

टिममा न्युजिल्याण्ड र भारतका तीन–तीन श्रीलंका, दक्षिण अफ्रिका, पाकिस्तान, वेस्ट इण्डिज र अस्ट्रेलियका एक–एक जना खेलाडी परेका छन् ।

टिममा परेका खेलाडीमा न्युजिल्याण्डका केन विलियमसन, टम लाथम, हेनरी निकोल्स रहेका छन् । त्यस्तै, भारतका कप्तान विराट कोहलीसहित रिशव पन्त र जस्प्रित बुम्राह छन् । श्रीलंकाका दिमुथ करुनारत्ने, दक्षिण अफ्रिकाका कागीसो राबडा, वेस्ट इण्डिजका जासन होल्डर, पाकिस्तानका मोहमद अब्बास र अस्ट्रेलियाका नाथन लायन रहेका छन् ।

यसैगरी आइसीसीले विराटकै कप्तानीमा वान डे ड्रिम टिम पनि सार्वजनिक गरेको छ ।

वान डे ड्रिम टिममा विराटसहित भारतकै रोहित शर्मा, कुलदीप यादब र जस्प्रित बुम्राह, इङ्ल्यान्डका जोनी ब्रेस्टो, जोय रुट, जोस बटलर र बेन स्टोक्स छन् ।

न्युजिल्याण्डका रोस टेलर, बंगालदेशका मुस्ताफिजुर रहमान र अफगानिस्तानका राशिद खान पनि टिममा परेका छन् । एजेन्सी




भर्खरै