२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा युवाको भूमिका महत्वपूर्ण- वरिष्ठ नेता पौडेल



अ+ अ-

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा तरुण युवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल तरुण दल भानु नगर समितिले मङ्गलबार आयोजना गरेको सङ्गठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले युवा शक्तिकै कारण पार्टी बलियो हुने बताउनुभयो । 

नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन युवाहरू एकजुट भएर लाग्नुपर्नेमा वरिष्ठ नेता पौडेलको जोड थियो । “युवा भनेका कांग्रेसको मेरुदण्ड हो, युवाहरू कांग्रेसलाई जिताउन एक भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो । कांग्रेसले जितेमात्रै देशको विकास सम्भव रहेको उहाँको जिकिर थियो ।

केन्द्रीय सदस्य शङ्कर भण्डारीले तनहुँको विकासका निमित्त कांग्रेसले जित्नुपर्ने धारणा राख्नुभयो । निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपानेले विधानअनुसार पार्टीले निर्वाचनको टिकट दिने भएकाले कोही व्यक्तिको पछाडि लाग्नुको औचित्य नभएको प्रष्ट पार्नुभयो । 

भिमाद उत्कृष्ट, व्यास सबैभन्दा कमजोर

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा तनहुँका १० स्थानीय तहमध्ये भिमाद नगरपालिका धेरै अङ्क प्राप्त गरी प्रथम भएको छ । वित्तीय समानीकरणको अनुदान सिफारिसका लागि आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा भिमादले ७२.९४ प्रतिशत अङ्क प्राप्त गरेको हो । 

सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतको आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अङ्क प्रदान गरेको हो । कार्यसम्पादन मूल्याङ्कनका लागि स्थानीय तहका लागि १७ सूचक तय गरिएको आयोगका उपसचिव राजु बस्नेतले जानकारी दिनुभयो । 

समयमै बजेट पेश गरे नगरेको, असार मसान्तभित्र बजेट पास गरे नगरेको, राजस्व बाँडफाँट गरे नगरेको, आगामी आर्थिक वर्षको बजेटको अनुमान अर्थ मन्त्रालयमा पुस मसान्तभित्र पेश गरे नगरेको विषयलाई सूचकमा समावेश गरिएको थियो । आन्तरिक राजस्वको लक्ष्य र सङ्कलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको सङ्ख्या, संस्थागत प्रसूति सङ्ख्या, बालबालिकाको सङ्ख्यालगायत शीर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अङ्कभार दिएको हो । 

दश स्थानीय तहमध्ये भिमाद प्रथम हुन सफल भएको छ भने सदरमुकाममा रहेको व्यास नगरपालिका सबैभन्दा कमजोर भएको छ । व्यास नगरपालिकाले ३८.७० प्रतिशत प्राप्त गरेको छ । भानु नगरपालिकाले ५८.०६, शुक्लागण्डकी नगरपालिकाले ७०.१३, घिरिङ गाउँपालिकाले ५३.०८, ऋषिङ गाउँपालिकाले ५४.४१, देवघाट गाउँपालिकाले ५७.९६, बन्दीपुर गाउँपालिकाले ५८.७५ र आँबुखैरेनी गाउँपालिकाले ६०.५६ प्रतिशत अङ्क प्राप्त गरेको आयोगले जनाएको छ । 

सङ्घीय सञ्चित कोषबाट स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सिफारिसका लागि कार्यसम्पादन मूल्याङ्कन गरिएको आयोगले जनाएको छ । यही मूल्याङ्कनका आधारमा आयोगले आगामी आवका लागि सङ्घबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम वितरणका लागि सरकारलाई सिफारिस गर्नेछ ।