२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई पार्टीले कारबाही गर्छ: उपसभापति गुरुङ



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल इञ्जीनियर एशोसिएशनको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई पार्टीले कारबाही गर्ने बताउनुभएको छ ।

नेपाल इञ्जीनियर एशोसिएशन ३३औँ कार्यकारिणी समितिको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जीनियर ९सिडेन०ले मङ्गलबार राति आयोजना गरेको कार्यक्रममा उहाँले लोकतन्त्रका नाममा गल्ती गर्ने छुट कसैलाई नभएको बताउनुभएको हो ।

“सेन्टर फर डेमोक्रेटिक इञ्जीनियरको साझा उम्मेदवार इञ्जीनियर डा हरिबहादुर दर्लामी समूह हो, सिङ्गो कांग्रेसको साथ र समर्थन डा दर्लामी समूहलाई छ”, उहाँले भन्नुभयो । उपसभापति गुरुङले पार्टीको झण्डा बोकेर बागी उम्मेद्वारी दिनेलाई पार्टीले कारबाही गर्ने स्पष्ट पार्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले पेशासहितको राजनीतिमा नेपालको इञ्जीनियर क्षेत्र लागेको बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले इञ्जीनियर क्षेत्र मुलुकको सम्मानित क्षेत्र भएको बताउँदै मुलुकको विकासमा इञ्जीनियरको ठूलो भूमिका रहेको बताउनुभयो ।

केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले लोकतन्त्रलाई संस्थागत गराउन सिडेनको साझा उम्मेदवारलाई विजय गराउन जरुरी रहेको बताउनुभयो । सिडेनका केन्द्रीय अध्यक्ष उमेशप्रसाद थानीले देशभरका ७५३ वटै स्थानीय तहमा सिडेको सङ्गठन विस्तार गरिएको बताउनुभयो ।

नेपाल इञ्जीनियर एशोसिएशन ३३औँ कार्यकारिणी समितिका अध्यक्षका उम्मेदवार ई डा हरिबहादुर दर्लामीले इञ्जीनियरको सेवा, सुविधा र क्षमताको अभिवृद्धि गर्दै समृद्ध मुलुक निर्माण गर्नका लागि आफूले उम्मेद्वारी दिन लागेको बताउनुभयो । कार्यक्रममा पालुङटार नगरपालिकाका प्रमुख ई दीपकबाबु कँडेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, नेपाल इञ्जीनियर एशोसिएशनका पूर्वअध्यक्ष भोजराज रेग्मी, सिडेनका पूर्वअध्यक्ष शङ्कर पण्डितलगायतले सिडेन एकताबद्ध भएर निर्वाचनमा लागे कुनै शक्तिले पराजित गर्न नसक्ने बताउनुभयो ।