२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपुर क्षेत्र नं २ का सभापतिमा बराबर मत



अ+ अ-

नवलपुर । नेपाली कांग्रेसको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर क्षेत्र नं २ को सभापतिमा दुवै प्रतिस्पर्धीको मत बराबर आएको छ । मङ्गलबार भएको मतदानमा क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङ र जगत कार्कीले समान ३९४ मत प्राप्त गर्नुभएको बताइएको छ ।

उहाँहरुले प्राप्त गर्नुभएको मत परिणाम भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन । त्यस्तै, नवलपुर क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ १०, महिलातर्फ चार, खस आर्य पुरुषतर्फ दुई, खस आर्य महिलातर्फ एक, आदिवासी जनजाति पुरुषतर्फ तीन, आदिवासी महिलातर्फ दुई, अल्पसङ्ख्यक मधेसी, थारू र दलिततर्फ एक-एकजना गरी २५ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । बुधबार बिहान आएको मत परिणामअनुसार महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ ओमबहादुर घर्ती (४५१), गणेशमान श्रेष्ठ (३८४), चन्द्रबहादुर राना (५२७), चेतप्रसाद पौडेल चेतन (४१६), विष्णुकुमार कार्की (५१४), विष्णुप्रसाद ढकाल (३९३), विष्णुप्रसाद लामिछाने (५०३), शङ्कर तिवारी (३७२), सुरज गुरुङ (३९२) र सोनी जिसी (३८९) विजयी हुनुभएको छ । 

त्यसैगरी, महिलाबाट महाधिवेशन प्रतिनिधिमा ओमकुमारी महतो (३६३), दुर्गालक्ष्मी पाठक काफ्ले (३७२), विमला सापकोटा (३७८) र सुमित्रा खनाल (३७७) निर्वाचित हुनुभएको छ । त्यस्तै, खस आर्य पुरुषतर्फबाट जीवलाल पाठक (४३७), रामजीप्रसाद पौडेल (३८२) र खस आर्य महिलातर्फबाट (३६६) विजयी हुनुभएको छ । यसैगरी, महाधिवेशन प्रतिनिधिमै आदिवासी जनजाति पुरुषबाट टेकप्रसाद श्रेष्ठ (४३९), पूर्णसिंह राना (४१५), श्यामप्रसाद श्रेष्ठ (४३४) तथा जनजाति महिलाबाट पुनम नगरकोटी (४२४) र मायादेवी श्रेष्ठ (४१८) विजयी हुनुभएको छ । महाधिवेशन प्रतिनिधिमै अल्पसङ्ख्यक मधेसीबाट नन्दकिशोर गुप्ता रौनियार (४४२), थारूबाट टीकाकुमारी महता (४२२) र दलितबाट झमाया विक (४६२) विजयी हुनुभएको छ । 

त्यसैगरी, क्षेत्र नं १ मा मतगणना जारी छ । निर्वाचन अधिकृत चुडामणि शर्माका अनुसार क्षेत्र नं १ मा एक हजार १५१ मत खसेको छ । (रासस)