२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस चुनावमा आम निर्वाचनको झल्को



अ+ अ-

काठमाडौँ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा आम निर्वाचनकै झल्को देखिएको छ । सोमवार तीनवटै निर्वाचन क्षेत्रमा भएको निर्वाचनले आम निर्वाचनको झल्को दिएको हो । 

सडकदेखि तिनै मतदानस्थलसम्म कांग्रेसका उम्मेदवार र समथर्कहरुले उम्मेदवारको पम्प्लेट भिरेर मतदाता तथा शुभेच्छुकले भोट मागिरहेको दृश्यले आम निर्वाचनको झल्को दिइरहेको थियो । उम्मेदवारहरुले पनि नमस्कार गर्दै मतदाता फकाइरहेका थिए भने मोट पनि मागिरहेका थिए । त्यसैगरी सामाजिक सञ्जाललाई पनि भोट माग्ने र प्रचार प्रसार गर्ने थलोको रुपमा भरपुर प्रयोग गरेका थिए ।  केही उम्मेदवारहरुले भने ठूला पम्प्लेट र पोस्टर बनाएर मतदानस्थल अगाडि प्रदर्शन गरिरहेका थिए । जिल्लामा करिब ३ सय बढी उम्मेदवार विभिन्न पदका लागि प्रतिस्पर्धामा छन् ।

कास्की कांग्रेसमा केन्द्रको गुटको प्रभाव खासै नदेखिए पनि स्थानीय ‘गुट’ हाबी भएको छ । क्षेत्र नम्बर १ मा कास्कीका जिल्ला सभापति कृष्ण केसी र पूर्वसभापति तथा पूर्वमन्त्री यज्ञबहादुर थापाको छुट्टाछुट्टै प्यानल बिच प्रतिस्पर्धा रहेको छ  । त्यसैगरी क्षेत्र नम्बर २ मा पूराना नेता शुक्रराज शर्मा र अर्का नेता देवराज चालिसेको प्यानल छ भने क्षेत्र नम्बर ३ मा तरुण दल सभापति मनोज गुरुङ र अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुवँरको देखिने गरि प्यानल बनेको छ । केही उम्मेदवारहरुले भने स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् । नेतृत्वमा आउनका लागि यो अधिवेशनमा बढी आकर्षण युवाहरूको देखिएको छ । पार्टीभित्रको निर्वाचनको जस्तैगरी आमनिर्वाचन, स्थानिय र प्रदेश तहको निर्वाचनमा उत्साह देखिए कांग्रेसले कुनैपनि निर्वाचन नहार्ने कास्की कांग्रेसका नेता सोभियतबहादुर अधिकारी बताउनुहुन्छ ।

पार्टीमा देखिएको यस किसिमको आकर्षणले पार्टी अझ उन्नत र गतिशील बनाएर मुलुकलाई समुन्नतिको गन्तव्यमा लैजान महत्वपूर्ण भूमिका खेल्ने कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका भौतिक योजनामन्त्री कुमार खड्काले बताउनुभयो ।

कांंग्रेसमा देखिएको गुटगत प्रतिस्पर्धा र तामझाम चुनावपछि सकिन्छ कि यसको परिणाम आगामी तिनै तहको निर्वाचनमा पर्ने हो भन्ने सम्बन्धमा नेता, कार्यकर्ता चिन्तित बनेका छन् ।