२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरम नपुगेपछि संसदीय सुनुवाइ समितिको बैठक स्थगित



अ+ अ-

काठमाडौँ । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको  सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ ।

आईतबार सिंहदरवारमा बोलाइएको समितिको सो बैठक कोरम नपुगेपछि आगामी मंसीर १७ गते बस्नेगरी स्थगित गरिएको हो । कोरम नपुगेपछि समितिको बैठक आगामी मंसीर १७ गते बस्नेगरी स्थगित गर्नु परेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो । उहाँले एमाले र काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु महाधिवेशनको कारण उपस्थित हुन नसक्दा समितिको बैठक बस्नका लागि आवश्यक कोरम पुग्न नसकेको स्पष्ट पार्नु भयो ।

सभापति कर्णले भन्नु भयो, ‘आजको बैठक कोरम पुगेन । त्यसकारण विभिन्न कारणले होला । महाधिवेशन चलिराख्या छ अहिले एमालेको । उहाँहरु केही आउनु भयो, केही आउन सक्नु भएन । नेपाली काँग्रेसको पनि गाउँ÷जिल्ला अधिवेशनहरु चलेको छ । उहाँहरु पनि आउनु भएन । आउछु भन्ने मान्छेहरु पनि आएनन् । हामीले कमसेकम कोरम पुग्छ भनेर बैठक राखेका छौं तर त्यो भएन । नहुँदाखेरी अव एमालेको बीचमा फेरी महाधिवेशन छ । त्यसपछि आइपिओमा जाने माननीयज्यूहरु पनि परेका छन । त्यसकारण अहिले मोटामोटी १७ गते अर्को बैठक गर्ने भन्ने टेन्टेटिभ तोकेका छौं ।’

गत कात्तिक ११ गते बसेको मन्त्रीपरिषद बैठकले भारतका लागि नेपाली राजदुतमा डा. शंकर शर्मा, अमेरिकाका लागि नेपाली राजदूतमा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरेको थियो । प्रस्तावित तीन वटै देशका राजदूतहरुको सुनुवाईका लागि आजको बैठक बोलाइएको थियो । संसदीय सुनुवाई समिति १५ सदस्यीय छ । तर बैठकमा कोरम पुग्न ८ जना सदस्य चाहिन्छ । आउँछु भनेका सदस्य समेत उपस्थित नभएपछि कोरम नपुगेर बैठक स्थगित गर्न बाध्य हुनु परेको पनि समितिका सभापति कर्णले बताउनु भयो ।