२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीसमक्ष नवनियुक्त प्रदेश प्रमुखहरूले लिए शपथ



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । 

राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा १६७ अनुसार प्रदेश नं १ का प्रमुख परशुराम खापुङ, कर्णाली प्रदेशका प्रमुख तिलक परियार र सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले राष्ट्रपतिसमक्ष शपथ लिनु भएको हो । 

त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा लगायत उपस्थित हुनुहुन्थ्यो ।

यसअघि प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा गङ्गाप्रसाद यादव प्रदेश प्रमुख हुनुहुन्थ्यो । मन्त्रिपरिषद्को यही कात्तिक २२ गते बसेको बैठकले अधिकारी, कलौनी र यादवलाइ पदमुक्त गर्ने निर्णय गरी राष्ट्रपति समक्ष नयाँ नियुक्तिका लागि सिफारिस गरेको थियो ।

नवनियुक्त प्रदेश प्रमुखहरू सत्ता गठबन्धनका प्रमुख दलहरू नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को सिफारिसमा भएका हुन् ।




भर्खरै