२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री, मन्त्री, प्रधानन्यायधीश र केही न्यायधीश पदमा बस्न योग्य छैनन् : एमाले अध्यक्ष ओली



अ+ अ-

विराटनगर । नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री, मन्त्रीहरु, प्रधानन्यायधीश र केही न्यायधीशहरु पदमा बस्न योग्न नभएको बताउनु भएको छ । पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिन बिराटनगर पुग्नु भएका अध्यक्ष ओलीले भन्नुभयो कोही पनि पदमा बस्न लायक छैनन, सरकारका सबै र प्रधान न्यायाधीश लगायतका अन्य न्यायाधीशले राजीनामा दिनु पर्ने खालका छन् ।  

पूर्व प्रधानमन्त्री ओलीले भन्नुभयो ‘ जुन दिन असंवैधानिक फैसला गरियो र त्यही फैसलाका आधारमा प्रतिनिधिसभाको पुनर्स्थापना गरियो, त्यही दिनदेखि प्रधान न्यायाधीश, फैसला गर्ने अन्य न्यायाधीश राजीनामाका लागि योग्य हुनुभयो’।

उहाँले भन्नुभयो  ‘सर्वोच्च अदालतले संविधानको व्याख्या गर्ने हो, परिवर्तन गर्ने होइन। तर, यहाँ त संवैधानिक अधिकारभन्दा बाहिर गएर मनपरी र मनलाग्दी ढङ्गले व्याख्या गरिएको छ।’जुन दिन सर्वोच्चले संविधानको धारा नै परिवर्तन गरिदियो त्यही दिन देखी न्याय पनि म-यो उहाँले भन्नुभयो । 

अर्को एक प्रसंगमा पूर्व प्रधानमन्त्री ओलीले भन्नुभयो एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले  सयुक्त पत्र लेखेको बताए पनि माओबादी अध्यक्ष पुष्पकमल दाहालले पत्र नलेखेको भनेर जनतालाई ढाटेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो कुनै पनि बहानामा कसैले पनि मुलुकलाई ढाँट्न पाईदैन  ।