२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायधीशहरुको ईजलास बहिष्कार निरन्तर, चुडालको ईजलासबाट बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी



अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै केही साता देखी ईजलास बहिष्कार गर्दै आएका न्यायधीशहरु मध्ये न्यायधीश कुमार चुडाल ईजलासमा फर्कनु भएको छ । 

आन्दोलनमा रहेकै समयमा न्यायधीश चुडालले आज बन्दी प्रत्यक्षीकरणको मुद्धा हेर्नुभएको छ । रिटमा उहाँले कारण देखाउ आदेश जारी गर्नुभएको छ । चुडालले जिल्ला अदालत रुकुम पूर्वको आदेशको विपक्षमा दायर एउटा बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गर्नुभएको हो । 

अघोषित इजलास बहिष्कार गरेका अन्य न्यायधीशहरु भने ईजलासमा फर्किएका छैनन् । प्रधानन्यायधीश राणाले चार न्यायधीश बाहेक अन्यलाई आज बन्दीप्रत्यक्षीकरणको मुद्धा तोक्नु भएको थियो ।