२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सञ्चार जगतले खेलेको भूमिका अविश्मरणीय छ’



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मुलुकको समग्र परिवर्तनमा सञ्चार जगतले खेलेको भूमिका अविश्मरणीय रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ प्रदेश समिति र नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको संयुक्त आयोजनामा आज धनगढीमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँले नेपालको परिवर्तनका लागि भएका हरेक किसिमका आन्दोलनमा सञ्चार क्षेत्रको सहभागी र अगुवाइ महत्वपूर्ण रहेको बताउँनुभयो ।

“नेपालको संविधान २०७२ संस्थागत विकास गर्न र संविधानको सर्वोच्चतालाई स्थापित गर्नु पर्नेछ”, मन्त्री जोशीले भन्नुभयो, “यो काममा मुलतः मुलुकका राजनितिक दल र सञ्चार क्षेत्र महत्वपूर्ण रुपमा जोडिनुपर्दछ ।” मन्त्री जोशीले राजनीतिक र सञ्चार क्षेत्रमा विसङ्गति भित्रिएकाले यसको शुद्धिकरण, व्यवस्थितकरण र सुशासनका सम्बन्धमा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गर्नुभयो ।