२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नलाऊ माया दुइतिर भन्नेहरु तीन तीर पुगे …



अ+ अ-

काठमाडौं । कुनै समय एउटै पार्टीमा रहेर एउटै गितमा कम्मर मर्कादै र ताली पिटेका डा बाबुराम भट्टराई, वर्षमान पुन र रेखा थापा बीच आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिशिष्टकक्षमा जम्का भेट भयो ।

आ आफना पार्टीको कार्यक्रममा बिभिन्न जिल्ला जान लागेका भट्टराई हाल जनता समाजबादी पार्टीमा पुग्नु भएको छ भने पुन माओवादी केन्द्रका नै हुनुुहुन्छ भने थापा राप्रपामा पुग्नु भएको छ ।

तीन जनाको भेटपछि जसपाका नेता भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभयो – एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू बर्षमान पुन र रेखा थापासॅग जम्काभेट ! ‘नलाऊ माया दुइतिर।।’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हॅासो पनि चल्यो !

माधब नेपालको सरकार रहेका बेला सडक बाट फाल्ने भन्दै माओवादीले गरेको आन्दोलनको बेला भद्रकालीमा नायीका थापा संग माओवदी अध्यक्ष पुष्पकमल दाहालले नलाऊ माया दुइतिर भन्ने गितमा नाच्नु भएको थियो ।