२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री श्रेष्ठ सवार गाडीको ठक्कबाट मोटरसाइकल चालक घाइते



अ+ अ-

सिन्धुली । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ चढेको गाडीले मोटरसाइकलाई ठक्कर दिएको छ ।

बुधाबर बिहान काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको मन्त्री श्रेष्ठ चढेको गाडीले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो ।

मन्त्री सवार बा २ झ ४१२९ नम्बरको झण्डावाल गाडीले विपरित दिशाबाट आउँदै गरेको प्र.२–०२–ग ९२८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको खुट्टा भाँचिएको छ ।

गाडीले ओभरटेक गर्दै गर्दा विपरित दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक दोलखाको बैतेश्वर गाउँपालिका ४ का २५ वर्षीय कृष्णप्रसाद दाहाल घाइते भएका छन् ।

प्रहरीका अनुसार, घाइते दाहालको खुट्टा भाँचिएको छ भने हातमा गम्भीर चोट लागेको छ । थप उपचारका लागि दाहाललाई काठमाडौंतर्फ लगिएको प्रहरीले जनाएको छ ।

मन्त्री सवार गाडीको स्पीड बढी रहेको र ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।