२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनको चुनाव परिचालन समिति बैठक जारी



file
अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनको स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमन समितिको बैठक जारी छ । मंगलबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उक्त समिति गठन गरेको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समितिको बैठक बसिरहेको छ । बैठकमा गठबन्धन दलहरूबीच चुनावी तालमेलका लागि आवश्यक गृहकार्य गर्ने नेताहरूले बताएका छन् ।

समितिमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् भने नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देवप्रसाद गुरूङ, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र नेता विजय पौडेल, जसपाबाट वरिष्ठ नेता अशोक राई र मन्त्री रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य छन् ।