२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापाका भतिज अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिए



अ+ अ-

काठमाडौं । अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् ।

एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनले अन्ततः राजीनामा दिने घोषणा गरेका हुन् ।

उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाका भतिज समेत हुन् ।

उनले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘विगत २०६४ सालदेखि राप्रविसको केन्द्रीय सदस्य, राप्रयुसको केन्द्रीय सचिव हुँदै हाल राप्रपाको निर्वाचित केन्द्रीय सदस्यसम्म आईपुग्दा पार्टीमा बढ्दै गएको विचलनका कारण राप्रपामा बसिरहन अप्ठ्यारो महसुस भएका कारण आजकै मितिबाट राप्रपाको साधारण सदस्य समेत नरहने गरि केन्द्रीय सदस्यबाट राजिनामा दिएको छु ।

आजसम्म मप्रति सहयोग र सद्भाव राख्नुहुने सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गर्दछु ।’