२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलियो राष्ट्रिय शक्ति स्थापित हुन आवश्यक छः महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास, समृद्धि र स्थिरताका लागि बलियो राष्ट्रिय शक्ति स्थापित हुन आवश्यक भएको बताउनुभएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा सो पार्टीको केन्द्रीय प्रचार विभागले आज आयोजना गरेको काठमाडौँ उपत्यकास्तरीय भेलामा महासचिव पोखरेलले त्यस्तो शक्तिका रुपमा जनताले एमालेलाई रोज्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विगतमा एमालेलाई मधेस प्रदेशमा छिर्नसमेत नदिइएकामा अहिले जनसमर्थन बढेको, माओवादी केन्द्रसँगको एकताको निरन्तरताको पार्टीका रुपमा पनि एमाले रहेकाल यो पार्टी पहिलो शक्ति हुने तर्क राख्नुभयो ।

कार्यक्रममा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपालको स्पप्नद्रष्टाका रुपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देखाएको बाटोमा मुलुकलाई लान एमालेले विजय हासिल गर्नुपर्ने बताउनुभयो ।