२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीको मेलौलीमा माओवादी, सिगासमा कांग्रेस



अ+ अ-

बैतडी । जिल्लाको मेलौली नगरपालिका र सिगास गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मेलौलीको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का भीमबहादुर चन्द (भूकम्प) विजयी हुनुभएको हो । गएको स्थानीयतह निर्वाचनमा कांग्रेस निर्वाचित भएको थियो ।

निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदीशसिंह नायकलाई पछि पार्दै चन्द प्रमुखमा विजयी हुनुभएको हो । प्रमुखमा विजयी भएका चन्दले तीन हजार ९६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका जगदीशसिंह नायकले दुई हजार ३७६ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा भने कांग्रेसकी पार्वती बोहरा बिष्ट विजयी हुनुभएको छ । उहाँले एमालेकी हेमन्ती नायकलाई पछि पार्दै उपप्रमुखमा जीत निकाल्नुभएको हो । उपप्रमुखमा विजयी कांग्रेसकी बिष्टले दुई हजार ९२७ मत ल्याउँदा एमालेकी नायकले दुई हजार ४०८ मत प्राप्त गर्नुभयो । मेलौली नगरपालिकाका ९ वडामध्ये ४ मा नेपाली कांग्रेस, ३ मा माओवादी केन्द्र र २ मा एमालेले जीत निकालेको छ ।

यस्तै सिगासको अध्यक्षमा कांग्रेसका हरिसिंह धामी विजयी हुनुभएको छ । उहाँ एमालेका जसवीर बोहरालाई पराजित गर्दै विजयी हुनुभएको हो । गाउँपालिकाको उपाध्यक्षमा भने एमालेका धाना धामी विजयी हुनुभएको छ । कांग्रेसकी सुमित्रा ऐरलाई पछि पार्दै उनी उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

हरिसिंह धामी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाटै अध्यक्षमा निर्वाचित भएका थिए । कांग्रेसका धामीले तीन हजार ४३९ मत प्राप्त गरे भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका जस्वीर बोहराले एक हजार ७९८ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिकाको उपाध्यक्षमा भने एमालेका धाना धामी विजयी हुनुभएको छ । कांग्रेसकी सुमित्रा ऐरलाई पछि पार्दै उहाँ उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । एमालेकी धामीले दुई हजार ९३९ मत प्राप्त गर्नुभएको छ भने ऐरले दुई हजार ६९६ मत प्राप्त गर्नुभएको छ ।

हरिसिंह धामी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाटै अध्यक्षमा निर्वाचित भएका थिए । गएको स्थानीय तहको निर्वाचनमा सिगासमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जीत हासिल गरेको थियो भने यो चुनावमा अध्यक्ष पदमा मात्रै जीत हासिल गरेको थियो । यसअघि सार्वजनिक मतपरिणाममा शिवनाथ गाउँपालिकामा कांग्रेस र पञ्चेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ । दस स्थानीय तह रहेको बैतडीका अन्य पालिकामा मतगणना जारी रहेको छ ।