२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाको सिंजाको अध्यक्षमा माओवादी केन्द्र विजयी



अ+ अ-

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्ष पदका उम्मेदवार पुर्णप्रसाद धितालले एक हजार ९४९ मत ल्याई विजयी हुनुभएको हो । धितालका प्रतिस्पर्धी नेपाली कांग्रेसका नन्दराम बुढाले एक हजार ८३१ मत ल्याउनुभएको छ ।

त्यस्तै उपाध्यक्षमा पनि माओवादीकी शीतला रोकाया विजयी हुनुभएको छ । उहाँले एक हजार ९५६ मत ल्याउनुभएको छ । उहाँकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी राजकला शाहीले एक हजार ६८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय सिंजाले जनाएको छ । यहाँका आठ स्थानीय तहमध्ये माओवादी केन्द्रले अहिलेसम्म सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष मात्र जितेको छ ।

पातरासी गाउँपालिकामा माओवादी केन्द्रले उपाध्यक्ष र कांग्रेसले अध्यक्षमा विजयी भएको छ । हिमा र कनकासुन्दरी गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गरिसकेको छ । विसं ०४७ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रले जिल्लाका तातोपानी, गुठीचौर र हिमा गाउँपालिका अध्यक्षमा विजयी भएको थियो । यहाँका चन्दननाथ नगरपालिका, तिला तातोपानी र गुठीचौरको अन्तिम मत परिमण आउन बाँकी रहेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।




भर्खरै