२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरुवा गाउँपालिकाको अध्यक्षमा एमाले विजयी



अ+ अ-

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार सूर्यबहादुर कुँवर र उपाध्यक्षका भगवती शर्मा विजयी हुुनुभएको छ । निर्वाचन अधिकृत विश्वप्रसाद रेग्मीका अनुसार कुँवरले चार हजार ८७२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका डोलराज पोखरेलले चार हजार ७४६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा भगवती शर्माले चार हजार ९३७ मत ल्याएर विजयी हुँदै गर्दा माओवादी केन्द्रका थमबहादुर गुरुङले तीन हजार ६७६ मत प्राप्त गर्नुभयो । आठ वटा वडा रहेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित तीन वडाध्यक्षमा एमाले, चार वडाध्यक्षमा कांग्रेस र एउटा वडाध्यक्षमा माओवादी केन्द्रले जितेको छ । गत २०७४ सालको स्थानीय निर्वाचनमा बिरुवा गाउँपालिकामा एमालेले अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडा जितेको थियो ।

बिरुवा गाउँपालिकामा कूल १६ हजार ५९९ मतदाता रहेकामा १० हजार ४६० मत खसेको थियो । कूल मतदाताको ६३।०२ प्रतिशत मत खसेको बिरुवामा चार हजार ९८२ पुरुष र पाँच हजार ४७८ महिलाले मतदान गरेका निर्वाचन अधिकृत रेग्मीले जानकारी दिनुभयो ।




भर्खरै