२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरको थाहा नगरपालिकामा गठबन्धन विजयी



अ+ अ-

हेटौंडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ ।

आज बिहानै सार्वजनिक मतपरिणामअनुसार थाहामा नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का विष्णु विष्ट प्रमुखमा र नेपाली कांग्रेसका भरत गोपाली उपप्रमुखमा निर्वाचित भएका हुन् ।

थाहामा खसेको कूल मत २३ हजार ५६ मध्ये विष्टले नौ हजार ७१९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार अच्युतम ढकालले सात हजार ७७१ मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा कांग्रेसका भरत गोपालीले आठ हजार ६०७ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका कल्पना बलामीले आठ हजार ५२२ मत प्राप्त गरिन् ।

थाहा नगरपालिकामा रहेका कूल १२ वटा वडामध्ये माओवादी केन्द्रले छवटा वडामा जित निकालेको छ भने तीन–तीन वटा वडामा नेपाली कांग्रेस र एमाले विजयी भएका छन् ।

थाहा नगरपालिकामा अघिल्लो निर्वाचनमा पनि कांग्रेस र माओवादीबीच तालमेल भएर प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।