२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतको सिम्तामा एमाले उम्मेदवार विजयी



अ+ अ-

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा ऐनबहादुर चन्द र उपाध्यक्षमा गोमा शर्मा विजयी हुनुभएको हो । चन्दले ६ हजार १७० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वीरेन्द्र रावतले पाँच हजार ८५२ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा विजयी शर्माले ६ हजार ९१ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चित्रबहादुर हमालले पाँच हजार ३११ मत प्राप्त गर्नुभयो । नौ वडा रहेको सिम्तामा एमालेले पाँच र कांग्रेसले चार वडामा जित हासिल गरेको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि यहाँ अध्यक्ष/उपाध्यक्षमा एमाले उम्मेदवार नै विजयी भएका थिए ।

सिम्ताको मतगणना सम्पन्न भएसँगै सुर्खेतका नौवटै पालिकाको निर्वाचन परिणाम घोषणा भएको छ । कांग्रेसले चार पालिकाको प्रमुख, एक पालिकाको उपप्रमुख, एमालेले चार पालिकाको प्रमुख, एक पालिकाको उपप्रमुख र माओवादी केन्द्रले एक पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ ।