२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरिनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी



अ+ अ-

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिकामा दोस्रो कार्यकालका लागि अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । शनिबार साँझ सार्वजनीक भएको अन्तिम मत परिणामअनुसार कांग्रेसका अध्यक्षका उम्मेदवार गफार अंसारी र उपाध्यक्ष पदमा रिमझिमकुमारी भगत विजयी हुनुभएको हो ।

अंसारीले ६ हजार १७२ मत र उपाध्यक्ष भगतले ६ हजार २१३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय हरिनगरले जनाएको छ । नेकपा (एमाले)का लस्करी अंसारीलाई एक हजार ८०० मतान्तरले पराजित गरेका छन् । लस्करीले पाँच हजार १५४ मत प्राप्त गरी पराजित हुनुभएको छ ।

त्यसैगरी उपाध्यक्ष भगतले एमालेकी कोशिलाकुमार साहलाई ८०७ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको छ । भगतले ६ हजार २१३ मत प्राप्त गर्नुभएको छ भने एमालेकी कोशिलाले पाँच हजार ४०७ मत प्राप्त गरेर पराजित हुनुभएको छ । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा समेत अध्यक्षमा कांग्रेसबाट गफार अंसारी र उपाध्यक्षमा रिमझिमकुमारी भगत निर्वाचित हुनुभएको थियो ।