२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवकको हत्यामा संलग्न रही फरार रहेका तीन जना अभियुक्त पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

पर्सा । ठोरी गाउँपालिका-५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्या भएको घटनामा संलग्न रही फरार रहेका ३ जना अभियुक्तहरूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ठोरी गाउँपालिका-५ ठूलो बाघमोर्चा ठेगाना भएका २२ वर्षीय सरोज स्याङ्वो, पर्सा वीरगंज महानगरपालिका–३२ रामबन ठेगाना भएका २० वर्षीय किशन लोप्चन र १७ वर्षीय किशोर रहेका छन् ।

सोही गाउँपालिका-५ बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगाले टाउको र अनुहारमा प्रहार गरी बेहोस अवस्थामा छाडी फरार भएकोमा वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान प्रविणको मृत्यु भएको थियो ।

घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई काठमाडौं महानगरपालिका–३ महाराजगंजबाट पक्राउ गरेको हो ।

उनीहरू उपर ज्यान सम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।